काठमाडौँ:म्यानमारमा चक्रवात ‘यागी’को प्रभावले भएको भीषण वर्षापछि आएको बाढीमा परी दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ । त्यहाँको सैनिक सरकारका अनुसार ८० भन्दा बढी मानिस बेपत्ता छन् । वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको छ । ‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो ।
आधिकारिक तथ्यांकअनुसार यो आँधीले भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारमा सेप्टेम्बरको सुरुदेखि नै ५सय भन्दा बढीको ज्यान लिइसकेको छ । यागीका कारण म्यानमारमा जताततै बाढी, पहिरोजस्ता अवस्था सिर्जना भएको छ । धेरै गाउँ डुबानमा परेका छन् । यसका साथै म्यानमारमा ठूलो क्षेत्रफलमा लगाइएको बाली पनि नष्ट भएको छ ।
यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने अवस्था रहेको राष्ट्रसंघले बताएको छ ।