काठमाडौँ:मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले प्रसाईंसँगै दुईजना यूट्यूबर जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पनि पक्राउ गरिएको हो । उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।
पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरूविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोत बताउँछ । सामाजिक सदभाव भड्काउने शैलीमा अभिव्यक्ति दिएकाले सोही कसुरमा उनीमाथि अनुसन्धान अघि बढेको एक प्रहरी अधिकारीले जानकारी दिए ।