काठमाडौँ:स्पिनर रविन्द्र जडेजा र रविचन्द्रन आश्विनको उत्कृष्ट ब्याटिङमा भारतले पहिलो टेस्ट खेलमा बंगलादेशविरुद्ध मजबुत ब्याटिङ गरेको छ।

चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ८० ओभरमा ३३९–६ को अवस्थामा छ ।

आश्विन ११२ बलमा १० चौका र २ छक्कासहित १०२ रनमा अविजित छन् । जडेजा ११७ बलमा १० चौका र २ छक्कासहित ८६ रनमा नट आउट छन् ।

एक समय १४४–६ को कमजोर अवस्थामा पुगेको भारतलाई आश्विन र जडेजाले सातौं विकेटका लागि १९५ रनको अविजित साझेदारी गर्दै मजबुत ब्याटिङको आधार तय पारेका हुन् ।

ओपनर यशस्वी जैसवाल ५६, रोहित शर्मा ६, शुभमन गिल डक, लोकेश राहुल १६ र विराट कोहली ६ रनमा आउट भए । बंगलादेशका हसम महमुदले ४, नहिद राना र मेहेदी हसन मिराजले १–१ विकेट लिए ।

भारत र बंगलादेशीच दुई टेस्ट र तीन टी२० आई खेलको सिरिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको