काठमाडौँ:बलिउडका दिग्गज फिल्ममेकर महेश भट्टले शुक्रबार ७६ औँ जन्मदिन मनाइरहेका छन् । उनले आफ्नो करियरमा आशिकी, सारांश र सडक जस्ता धेरै हिट फिल्महरू दिए ।

आफ्नो जन्मदिनको अवसरमा उनले दैनिक भास्करलाई विशेष अन्तर्वार्ता दिएका हुन् । जसमा उनले आफ्नो पर्सनल लाइफका बारेमा धेरै कुरा खुलाए ।

भट्टका अनुसार उनले छिट्टै पोडकास्ट सुरु गर्दैछन्, जसमा आफूले जीवनमा कुनै न कुनै कुराको लत बसेका व्यक्तिहरूसँग कुरा गर्ने बताए । इमरान जाहिदले यो पोडकास्ट निर्माण गर्दैछन् ।

‘मैं ने दिल से कहा नामको पोडकास्ट सुरु गर्दैछु । हामी सबै आफ्नो व्यक्तिगत जीवनमा केही अन्धकारसँग संघर्ष गरिरहेका छौं । म रक्सी सहित धेरै लतबाट गुज्रिए । लत जुनसुकै कुराको पनि हुनसक्छ भनी बताउछु । मैले ३८ वर्षदेखि एक थोपा रक्सी पनि पिइनँ । हामीले त्यो समस्या भोगिसकेका छौं, त्यसैले हामीले त्यो कुरा बुझ्न सक्छौं,’उनले भने ।

साथै, उनले आफ्नो निजी जीवनबारे थप खोल्दै लतबारे चर्चा गर्न जरुरी रहेको सुनाए । उनले अन्तर्वार्तामा भने, ‘प्रायः असफल मानिसहरू मात्र रक्सी पिउने गर्छन् । सुरुमा सस्तो ब्रान्डको रक्सी पिउने गर्छ । जब उनी सफल हुन्छन्, उनी महँगो ब्रान्डहरू किन्न थाल्छन् । रक्सीको लतबाट कसरी छुटकारा पाउनुको पछाडि एउटा कथा छ । मेरी कान्छी छोरी शाहिन जन्मिइन् । उनको जन्म हुँदा म धेरै खुसी थिएँ । दुई दिनसम्म लगातार मदिरा पिउदै थिए । एक दिन मैले उसलाई आफ्नो काखमा लिएँ र उसले आफ्नो अनुहार फर्काइ । त्यतिखेर मलाई प्रकृतिले यो विष छोडिदिनुपर्छ भन्यो जस्तो लाग्यो । त्यस दिनदेखि मैले रक्सीको एक थोपा पनि पिइनँ ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको