जनकपुरधाम:कठोर व्रतको रुपमा रहेको जितिया बुधबार सम्पन्न भएको छ । बुधबार साँझ ५ बजेर १५ मिनेटमा व्रत सम्पन्न भएपछि महिलाहरुले पारण गरेका थिए । मंगलवार विहान ४ बजे ओंगठन गरेपछि महिलाहरु व्रत बसेका थिए ।
संतानको दीघार्यूका लागि गरिने यो पर्व अधिकांश महिलाले गर्ने गर्छन् । आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको (अष्ठमी तिथीको कृष्ण पक्ष)को दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु ’निर्जला’ अर्थात पानी समेत सेवन नगरिकन भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।