जनकपुरधाम : दशैँको अवसरमा वाराको कलैया स्थित गढीमाई मन्दिरमा हुने महागढीमाई आरतीका लागि पुजारीहरुको प्रशिक्षण जनकपुरधाममा शुरु भएको छ । प्रशिक्षण जनकपुरधामका गंगा आरतीका पुजारीहरुले दिइरहेको जानकारी सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक अध्यक्ष एवं सांसद रामअशिष यादवले दिएका छन् । सेभ हिस्टोरिकलले केही वर्षदेखि जनकपुरधाममा गंगा आरती गर्दै आएको छ ।
प्रशिक्षणमा बारा कलैयाका पुजारी ओमप्रकाश उपाध्याय सहित ५ जना सहभागि रहेका छन् । संगीतप्रधान आरती कसरी गर्ने, आरती कसरी घुमाउने, मन्त्रहरु कुन–कुन राख्ने जस्ता विषयमा जनकपुरधामका पुजारीहरु जानकारी गराइरहेका छन् ।