जनकपुरधाम : कोसी ब्यारेजको पुलमा आइतबार साँझ साढे ५ बजेबाट आवागमन खुला गरिएको छ । पानीको बहाव घटेको र पुलमा रहेको फोहोर सफा गरिएपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए ।

कोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक भएर पुलमाथिबाटै बाढी बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट पुलमा यातायात संचालनमा रोक लगाइएको थियो ।

आइतबार बिहानबाट पानीको बहाव निरन्तर कम हुँदै गए पनि पुलमा बाढीले थुपारेको फोहोर सफा गर्न ६ घण्टा लागेको थियो । सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी ब्यारेज पुलको फोहोर हटाएर कोसीमै फालिएको छ ।

फोहोर सफाइपछि यातायात संचालन गरिएको प्रजिअ मग्रातीले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको