काठमाडौँ : सहकारी ठगी अभियोगमा बालगुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई नेपाल प्रहरीले आइतवार विमानस्थलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

उनी इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यष र सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका संचालक समिति उपाध्यक्ष हुन् । सर्वसाधारणको रकम ठगी गरेको अभियोगमा उनलाई बागलुङ जिल्ला अदालतले गत २४ जेठमा पक्राउ गर्न अनुमति दिएको थियो ।

सामाजिक सञ्जालमार्फत आफुसँग ३ अर्ब भन्दा बढीको सम्पत्ति रहेको र सो बेचेर आफु सहकारी बचतकताृको रकम फिर्ता दिन तयार रहेको बताए पनि पक्राउ भने परेका थिएनन् । प्रहरीले उनीसँगै सो सहकारी ठगीमा संलग्न ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरेको छ । उनीहरुले सहकारीको ५२ करोड २० लाख रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको