जनकपुरधाम : नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेशका नवनिर्वाचित तेश्रो कार्यसमितिका पदाधिकारीहरुले पद तथा गोपनीयताका शपथ ग्रहण गरेका छन् ।
आइतवार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेशका अध्यक्षमा पुन: निर्वाचित इन्जिनीयर गौरी पण्डितसहित कार्यसमितिका पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन ।
अध्यक्ष पण्डितलाई निर्वाचन अधिकृत रामरत्न यादवले शपथ ग्रहण गराएका छन् भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष पण्डितले शपथ ग्रहण गराएको हो । अध्यक्ष पण्डित सँगै नवनिर्वाचित पदाधिकारीहरु सचिव ई. अजितकुमार मण्डल, सहसचिव ई. सकल साह, कोषाध्यक्ष ई. उदितकुमार यादव शपथ ग्रहण गरेका हुन ।
दोश्रो कार्यसमितिद्वारा आयोजित सो शपथ ग्रहण कार्यक्रममा सदस्यहरु ई. मनोज साह, ई. अर्चना यादव, ई. रुपेश कुमार यादव र बलिराम साहले शपथ ग्रहण गरेका छन् । १६ सदस्यीय सो कार्यसमितिमा सिडेन समूहबाट निर्वाचित उपाध्यक्ष भवेश मिश्रसहित ६ जना सदस्य शपथ ग्रहण कार्यक्रममा सहभागी भएका छैनन् ।
सो शपथ ग्रहण कार्यक्रममा दोश्रो कार्यसमितिका कोषाध्यक्ष तेजनारायण यादवले दोश्रो कार्यसमितिको आयव्यय विवरण प्रस्तुत गरेका थिए । पछिल्लो कार्यसमितिमा ३५ लाख ९९ हजार ६५४ आम्दानी रहेकोमा संगठनका लागि जग्गा खरीदसहित ३५ लाख ७८ हजार ५६९ रुपैया खर्च र खातामा २१ हजार ८५ रुपैया रहेको भन्ने आयव्यय विवरण उनले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ ईन्जिनीयर चन्देश्वर रौनियार, विशिष्ठ अतिथि ई. प्रकाशचन्द्र साह विभिन्न समूहबाट नवनिर्वाचित पदाधिकरीहरुले आ आफ्ना धारणा राखेका थिए ।