जनकपुरधाम : मनसुन जन्य विपद्का कारण प्रभावितहरूलाई प्रभावकारी रूपमा राहत उपलब्ध गराउन गृह मन्त्रालयले कार्यदल बनाएको छ । ८ जना सहसचिवहरू सम्मिलित कार्यदल गठन गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राहत वितरण सहजिकरण गर्न काठमाडौँमा सहसचिव गोविन्द रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबावु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकालाई संयोजक तोकिएको छ । सबै सहसचिव गृह मन्त्रालय मातहत कार्यरत छन् ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजनल इन्जिनियर र सङ्घीय मामिला तथा स्थानीय विकाश मन्त्रालयका उपसचिव प्रतिनिधि तोकिएका छन् ।

उनीहरूलाई पुस २० सम्म मनसुन जन्य विपद् व्यवस्थापनमा काम गर्नेगरी अधिकार दिइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

कार्यदललाई क्षतिग्रस्त सड्क मर्मतका लाग समन्वय गर्ने, मानवीय र भौतिक क्षतिको विवरण विवरण तयार गर्ने र उद्धार तथा राहत वितरणमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको