काठमाडौँ : इजरायली हवाई हमलाका कारण एक लाख मानिस लेबनान छाडेर सिरिया गएको राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन् ।

संयुक्त राष्ट्र संघका प्रतिनिधिले चार सीमानाका मानिसहरूलाई सहयोग गरिरहेको उनको भनाइ छ । आइतबारसम्म प्राप्त जानकारीअनुसार पछिल्लो सात दिनमा करिब ८० हजार मानिस लेबनान छाडेर सिरिया पुगेका छन् ।

लेबनानी मन्त्री नासेर यासिनका अनुसार सिरिया जाने मानिसमध्ये ३६ हजार सिरियाली र ४१ हजार ३०० लेबनानी नागरिक छन् । हिजबुल्लाहलाई निशाना बनाई इजरायलले लेबनानममा हवाई हमला गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको