काठमाडौँ : हिजबुल्लाहका उपप्रमुख शेख नइम कासिमले समूहको प्रमुख छिट्टै चयन गरिने बताएका छन् ।

हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह शुक्रबार इजरायली आक्रमणमा मारिएपछि उनको स्थानमा अर्को नेता चयन गर्न लागिएको हो । हिजबुल्लाह उपप्रमुख कासिमले भने– हामी इजरायलको जमिन आक्रमण (ग्राउन्ड अट्याक) को सामना गर्न तयार छौँ र समूहले इजरायलविरुद्धको लडाइँ जारी राख्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उपप्रमुख कासिमले हिजबुल्लाहले आफ्नो अभियान जारी राखेको बताएका छन् । उनले भने– यो युद्ध लामो समयसम्म चल्न सक्छ ।

आफ्नो सम्बोधनको अन्त्यमा उनले जनतालाई संयमता अपनाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको