जनकपुरधाम :भारतको विहारमा कोशी फुटेर दरभंगा जिल्ला जलमग्न भएको छ । मंगलबार विहान करीव १ बजे दरभंगा जिल्लाको किरातपुर ब्लकको भुभौग गाउँ नजिकै कोशीको पश्चिमी बाँध भत्किएको हो ।

तीब्र बहावका साथ बगिरहेको कोशी नदीको बाँध फुटेपछि त्यस क्षेत्रका गाउँ जलमग्न भएका हुन। बाँध फुटेका कारण दरभंगा जिल्लाका गाउँहरू बाढीको चपेटामा परेको विहार सरकारको जल संसाधन विभागले जनाएको छ ।

मंगलबार नै बिहारका उच्च अधिकारीहरूले प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन्। विभागले सरकारी अधिकारीहरूले बाढी र तटबन्धको अवस्थाबारे समीक्षा समेत गरेको उल्लेख गरेको छ । गाउँहरूलाई डुबानबाट बचाउनका लागि युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको जनाइएको छ ।

भत्किएको बाँध क्षेत्रमा मंगलबार नै करिव दुई लाख थान तटबन्ध प्रतिरोधक झोलाहरू र पाँच लाख ७ हजार नाइलन क्रेटहरू तयारी अवस्थामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको