जनकपुरधाम :नेपाल क्रिकेट संघले आगामी नोभेम्बर ३० देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीहरुको दर्ता सम्पन्न गरेको जनाएको छ ।

असोज ५ देखि सुरु दर्ता प्रक्रिया १२ गतेसम्म चलेको थियो । जसमा ४२६ जना नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको संघका प्रवक्ता छुम्बी लामाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, दर्ता भएका कूल ४२६ जना खेलाडीहरु मध्येबाट एनपीएल लिग तयारी समितिले अक्सनमा सहभागी हुने १४२ जना खेलाडीहरुको सूची पनि प्रकाशित गरेको लामाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीको अक्सन असोज २० गते हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको