जनकपुरधाम :नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि हुने भएको छ ।

राष्ट्रपति भवनमा आइतबार १ः३० बजे राष्ट्रपतिको शपथ समारोह राखिएको शीतलनिवास स्रोतले जनाएको छ । आइतबार शपथ ग्रहण हुने भएपछि सर्वोच्च अदालतले भोलि नै पदभार ग्रहणको कार्यक्रमको लागि तयारी गरिरहेको छ ।

सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ । बन्दी प्रत्यक्षीकरणका निवेदन हेर्नका लागि भने निश्चित न्यायाधीश र कर्मचारी तोकिएको छ ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजै राति १२ बजेबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन् । त्यसपछि राउत प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो ।

असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए । राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको