
जनकपुरधाम : जनमत पार्टीले सचिव बीपी साह सहित सात जनाको निलम्बन फुकुवा गरेको छ ।
पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा साह सहित ७ जना नेताहरुलाई जनमत पार्टीले ३ निलम्बन गरेको थियो ।
त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको जनमत पार्टीले जनाएको छ ।
अनुशासन समितिको सिफारिसमा जनमतका केन्द्रीय समितिले केन्द्रीय सचिव बीपी साहसहित, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, मिर्चैया नगरका पूर्वसचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई निलम्बन गरेको थियो ।