जनकपुरधाम:जंगली जनावरबाट बालीनालीलाई जोगाउन खेतमा लगाइएको विद्युतीय तारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने २ बालिका घाइते भएका छन् ।

गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले लगाएको तारमा करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर १४ वर्षीया करिना महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए ।

करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको स्थानीयले बताएका छन् । उनीहरुको उपचार भइरहेको छ । बिहान साढे ७ बजेतिर उनीहरु काम गर्न खेततिर पुगेको बेला तारमा छोडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको