जनकपुरधाम:डेली एक्सप्रेस राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत पत्रकार सुभाष कर्ण विश्वब्यापी रुपमा आयोजित लेड बिष बाट बचावटको लागि अन्तरास्ट्रिय सचेतना सप्ताह २०२४ बाट पुरस्कारबाट पुरस्कृत भएको छ ।

पेन्ट्स विषाक्त रसायनको प्रयोगले बालबालिकामा हुने नाकारात्मक असर र यसको नियन्त्रणमा राज्यको भूमिका बारे न्युज आलेख प्रकाशन गरे वापत उनी पुरस्कृत भएको हो । पत्रकार कर्ण लगातार दूई वर्षदेखि सो आईएलपीपीडब्लू पुरस्कारबाट पुरस्कृत हुँदै आएका हुन् । उनी यश पटक दोश्रो स्थान प्राप्त गरेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आयोजक संस्था जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सिफेड) ले नगद र प्रमाणपत्र सहित पुरस्कृत गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिब डा दिपेन्द्र रमण सिंह, वन तथा वातावारण विभागका महानिर्देसक जनकराज सुबेदी, काठमाडौँ मेडिकल कालेजका प्रोफेसर डा सुनिल कुमार जोशी, नेपाल हेल्थकेअर पत्रकार समाजका अध्यक्ष श्री अतुल मिश्राले संयुक्त रूपमा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए ।

उनीसंगै प्रथम भएका काठमाडौंका अमर्त्य मिश्रा, तेश्रो भएका काठमाडौँकै रामकृष्ण भण्डारी र सांत्वा स्थान प्राप्त गरेका नेपालगन्जका कृष्ण अधिकारी र ललितपुरका मनोज कुमार साहलाई समेत पुरस्कृत गरिएको छ ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रिय संघ वातावरण कार्यक्रमको संयुक्त तत्वाधानमा गठित लेड युक्त

पेन्ट उन्मुलनका लागि विश्व्यापीको आवहानमा विश्वब्यापी रुपमा आयोजित लेड बिष बाट बचावटको लागि १२ औ अन्तरास्ट्रिय सचेतना सप्ताह नेपालमा आइतवारदेखि काठमाडौबाट शुरू भएको छ ।

पुरस्कार वितरणसंगै कार्यशाला गोष्ठी समेत आयोजना गरिएको छ । सो गोष्ठीमा हालै गरेको साना तथा मझौला उद्यम पेन्टसहरुमा लेड सम्बन्धि अध्यन प्रतिवेदन सिफेडका निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले प्रस्तुत गरेका थिए ।

नेपाल घरेलु तथा साना उधोग महासंघका उपाध्यक्ष मोहन कटुवालको अध्यक्षता सम्पन्न सो कार्क्रममा सम्बन्धित सरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक, वातावरण, उपभोक्ता, गैरसरकारी संस्था, शिक्षक, प्राध्यापक, पेन्ट उद्योग, पेन्ट डिलर तथा खुद्रा बिक्रेता, पेन्टर, स्थानीय तथा पत्रकारहरू सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको