जनकपुरधाम:‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ फोटो प्रदर्शनी जनकपुरधाममा हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीले सो फोटो प्रदर्शनी जनकपुरधाममा कार्तिक ८, ९ र १० गते गरी तीन दिन तिरहुतिया गाछीमा हुने जनाइएको छ ।

२०७५ सालदेखि लाइब्रेरीको दस्तावेज र अभिलेख सिर्जनाको पहल शुरू भएको र २०८० सालमा पुस्तक प्रकाशित भएको तथा यो प्रदर्शनी काठमाडौं, भारतको नयाँ दिल्ली, कोची, टर्कीको इस्तानबुल, सिङ्गापुर र नेदरल्यान्डको ब्रेडालगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय स्थानमा भइसकेको छ ।

दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालका महिलावादी इतिहासको संरक्षण र प्रसार गर्नु फोटो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । नेपाली महिलाहरूको सार्वजनिक जीवनमा रहेका योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्व स्थापना गर्नु फोटो प्रदर्शनीको उद्देश्य रहेको नेपाल पिक्चर लाइब्रेरीका विराज महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको