जनकपुरधाम:सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ परेका हुन् ।

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगको कार्यालय, हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमका अनुसार बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साहलाई पक्राउ गरिएको हो । उनलाई कलैया उपमहानगरपालिका–४ मा लेनदेनकै क्रममा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको