जनकपुरधाम:जगदम्वा मोर्टसको उत्पादन टिभीएसका बाईक र स्कुटरहरुको एक्सचेञ्ज मेला जनकपुरधामको बाह्रबिघामा सुरु भएको छ । च्याम्पियन्स एक्सचेन्ज मेला २०८१ नाम दिइएको सो मेलाको पुर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य जुली महतोले उदघाटन गरेकी छन् । मेला कार्तिक १४ गते धनतेरसका दिन सम्म चल्ने छ ।

टिभीएस बाईक र स्कुटरको जनकपुरधाम स्थित आधिकारिक विक्रेता आर्यन अटो मोबाईल्सको आयोजनामा प्रत्येक वर्ष दिपावली र धनतेरसको अवसरमा लाग्ने मेलामा कुनै पनि कम्पनीको पुरानो टु ह्वीलर सवारी एक्सचेञ्ज गरेर टिभिएसका नयाँ बाइक र स्कुटर लान मिल्ने व्यवस्था हुन्छ ।

आर्यन अटो मोबाईल्सका सञ्चालक संजीव कुमार महतोले यस वर्ष बाइक लिनु भन्दा अगाडि र लिइसकेपछि पनि गरि दुई वटा स्क्रयाच कुपनको व्यवस्था रहेको जस्मा पाँच हजार देखि पाँच लाख र एक हजार देखि १० लाख सम्मको पुरस्कार पाउन सकिने स्कीम सुनाए ।

सो अवसरमा पुर्वमन्त्री महतो, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, टिभिएसका सर्भिस म्यानेजर केशव झा, बैश्य कल्याण महासंघका केन्द्रिय सदस्य राज कुमार साह सहितकाले आ आफनो शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको