वीरगञ्ज:संघीय खानेपानी मन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानेपानी समस्या समाधानका निम्ति सरकारले ४२ अर्ब रुपैयाँको परियोजना ल्याउने तयारी अघि बढाइसकेको बताएका छन् ।

शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा उनले समस्याको दीघकालीन समाधान गर्न सुनकोसी–मरिन डाइर्भसन सिँचाइ परियोजनाबाट मधेसका ६ जिल्लामा खानेपानी पु¥याउने योजनामा सरकार रहेको बताए ।

मन्त्री यादवले ‘ओभर’ योजना सञ्चालनमा ल्याउनुका साथै डिपटुवेल जडानजस्ता कार्यक्रमलाई सरकारले अगाडि बढाइरहेको उल्लेख गरे । उनले काठमाडौंवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सुन्दरीजलमा २५ करोड ५० लाख लिटर क्षमता भएको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिए । उक्त कार्य पूरा भएपछि काठमाडौंवासीलाई सातै दिन २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सकिने मन्त्री यादवको भनाइ थियो ।

“सुन्दरीजलबाट काठमाडौंमा ल्याएको पानीमा समस्या भए खानेपानी आपूर्तिलाई सहज बनाइराख्न सिस्नेरीस्थित कुलेखानीको पानी काठमाडौं लैजाने योजना बनाएका छौँ । त्यसका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइसकेको छ । चाँडै परियोजनालाई मूर्त रूप दिने गरी काम अगाडि बढाउँछौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको