काठमाडौँ:गत १३ अप्रिलको रातमा इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्वमा तनावको जोखिम थप बढेको छ । इरानको आक्रमणबाट इजरायललाई कुनै ठुलो क्षति त भएन, तर उसले हानेको ३०० भन्दा बढी मिसाइलले सुदूरका ठाउँमा आक्रमण गर्ने उसको क्षमतालाई उजागर गरेको छ ।

त्यसपछि अक्टोबर १ मा इरानले अर्को मिसाइल आक्रमण ग¥यो । उक्त हमलामा इरानले इजरायलमा २ सय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यसको जवाफमा इजरायलले शनिबार इरानको सैन्य ठेगानामा आक्रमण गरेको छ। आक्रमणको विस्तृत विवरण आउन बाँकी नै छ ।

गाजामा इजरायल पहिलादेखि नै युद्धरत छ । लेबनानको सीमा पारबाट हिजबुल्लाहको आक्रमणको पनि सामना गरिरहेको छ । त्यसैले यो हमलाका कारण अवस्था थप गम्भीर बनेको छ ।

धेरै स्रोतबाट इरान र इजरायलमध्ये कसको सैन्य क्षमता बलियो छ भनेर अनुसन्धान गर्ने प्रयास गरेको थियो । यद्यपि यी देशहरूले आफ्ना केही सैन्य क्षमताहरू गोप्य राखेका हुन सक्छन् । इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजले दुई देशका हतियार, मिसाइल र आक्रमण बलको तुलना गरेको छ ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट जस्ता केही अन्य संस्थाहरूले पनि देशहरूको सैन्य क्षमताको मूल्याङ्कन गर्छन् । तर आफ्नो सैन्य क्षमताको तथ्याङ्क सार्वजनिक नगर्ने देशहरूको सही मूल्याङ्कन गर्न गाह्रो छ । पिस रिसर्च इन्स्टिच्युट ओस्लोका निकोलस मार्सले चाहिँ सैन्य क्षमताको मूल्याङ्कन गर्ने सन्दर्भमा आईआईएसएसलाई बेन्चमार्क भनेका छन् । आईआईएसएसका अनुसार इजरायलको रक्षा बजेट इरानको भन्दा सात गुणा बढी छ । यसले कुनै पनि सम्भावित द्वन्द्वमा कसको पल्ला भारी छ भन्ने देखाउँछ । आईआईएसएसका अनुसार २०२२ र २०२३ मा इरानको रक्षा बजेट ७ अर्ब ४० करोड डलर थियो । उता, इजरायलको रक्षा बजेट करिब १९ अर्ब डलर थियो ।

आईआईएसएस डाटाका अनुसार इजरायलसँग आक्रमणका लागि ३४० फाइटर प्लेनहरू तयार छन् । इजरायल सटीक आक्रमण गर्न पनि बलियो स्थितिमा छ । इजरायलसँग लामो दूरीमा आक्रमण गर्न सक्ने एफ–१५ विमान पनि छ । इजरायलसँग राडारलाई चकित पार्न सक्ने स्टेल्थ एफ–३५ लडाकु विमानहरू छन् ।

उसँग द्रुत गतिमा आक्रमण गर्न सक्ने हेलिकप्टर पनि छ । इरानसँग ३२० लडाकु विमान रहेको आईआईएसएसको अनुमान छ । ऊसँग सन् १९६० को दशकको एफ–४एस, एफ–१४ उस जस्ता लडाकु विमान पनि छन् । तर पीआरआईओका निकोलस मार्स चाहिँ मर्मत पार्टपुर्जा पाउन धेरै गाह्रो नभएकोले यी पुराना विमानहरू कति उडान गर्न योग्य छन् भन्ने स्पष्ट नभएको बताउँछन् ।

इजरायलको सेनाको मेरुदण्ड यसको आइरन डोम र एरो प्रणाली हो । मिसाइल इन्जिनियर उजी रहमान देशको रक्षा मन्त्रालय अन्तर्गत इजरायल मिसाइल रक्षा संगठनका संस्थापक हुन् ।

आइरन डोम र इजरायलका सहयोगीहरूले मिलेर इरानले प्रहार गरेको क्षेप्यास्त्र र ड्रोनलाई असफल पारेको जेरुसेलम इन्स्टिच्युट फर स्ट्राटेजी एन्ड सेक्युरिटीका वरिष्ठ अनुसन्धानकर्ता रहमानले बीबीसीलाई भने । ‘म धेरै खुसी र सन्तुष्ट थिएँ । यो लक्ष्यमा प्रहार गर्न एकदमै सही छ । यसमा छोटो दूरीको क्षेप्यास्त्र प्रतिरक्षा छ । यस्तो अरू कुनै प्रणालीमा छैन ।’ उनले भने ।

इजरायलले इरानसँग जमिन युद्ध लड्ने सम्भावना निकै कम भएको डिफेन्स आइजका टिम रिप्ले भन्छन् । । इजरायलको तागत यसको वायुसेना क्षमता र निर्देशित हतियार हो । त्यसैले ऊसँग इरानको महत्त्वपूर्ण निशानामा हवाई हमला गर्ने पूर्ण क्षमता भएको उनी बताउँछन् ।

रिप्ले भन्छन्, ‘इजरायलले यस्ता आक्रमणहरू मार्फत प्रमुख इरानी अधिकारीहरू र तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गर्ने सम्भावना बढी छ ।’ उनी भन्छन्, ‘चोट त्यहाँ लगाउनु, जहाँ सबैभन्दा धेरै पीडा हुन्छ । इजरायली सेनाका अधिकारी र नेताहरूले हरेक समय यो नीति प्रयोग गरिरहेका छन् । यो उनीहरूको युद्ध सिद्धान्तको हिस्सा पनि हो । अर्थात् उनीहरू आफ्ना विरोधीहरूलाई यति चोट पु¥याउन चाहन्छन् कि इजरायलमाथि हमला गर्नु अघि कम्तीमा दुई पटक अवश्य सोचुन् ।’

यसअघि पनि इजरायली आक्रमणमा कैयौँ उच्च तहका सेना अधिकारी र राजनीतिक नेता मारिएका छन् । यी आक्रमणहरूमा अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा भएको आक्रमण पनि समावेश छ । यो हमलापछि इरानले इजरायलमाथि आक्रमण गर्न थालेको छ । तर इजरायलले प्रमुख इरानी नागरिक र सैन्य अधिकारीहरूमा भएको आक्रमणको जिम्मेवारी कहिल्यै लिएको छैन । तर उनले त्यसलाई अस्वीकार पनि गरेका छैनन् ।

आईआईएसएसको खबर अनुसार इरानी नौसेनाको आधुनिकीकरण भएको छैन । तर उसँग २२० जहाज छ । इजरायलसँग करिब ६० वटा यस्ता जहाज छन् ।

साइबर आक्रमण

साइबर हमलाहरू भए भने इजरायलले धेरै नोक्सान बेहोर्नु पर्ने हुन सक्नेछ । किनभने इरानको रक्षा प्रणाली प्रविधिको हिसाबले धेरै विकसित छैन । त्यसैले इजरायलको सेनामाथि साइबर हमला भएमा इरानले ठुलो फाइदा लिन सक्छ । इजरायली सरकारको राष्ट्रिय साइबर निर्देशालयले साइबर आक्रमणको तीव्रता पहिलेको भन्दा बढी हुन सक्ने बताएको छ । युद्धका क्रममा इरान र हिजबुल्लाहबिचको सहकार्य बलियो भएकोले साइबर आक्रमण तीन गुणा छिटो हुन सक्ने र हरेक इजरायली क्षेत्रमाथि आक्रमण गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको