काठमाडौँ : पाकिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई एकदिवसीय र टी–२० टोलीको नयाँ कप्तान नियुक्त गरेको छ ।

हालै बाबर आजमले एकदिवसीय र टी–२० टोलीको कप्तानीबाट राजीनामा दिएका थिए।

अस्ट्रेलियाविरुद्धको एकदिवसीय र टी–२० सिरिजअघि मोहम्मद रिजवानलाई नयाँ कप्तान नियुक्त गरिएको हो ।

केही समययता पाकिस्तानका लागि टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका सलमान अली आगालाई उपकप्तानमा चयन गरिएको छ ।

बाबर आजम, शाहिन शाह अफ्रिदी र नसिम शाह सीमित ओभरको सिरिजका लागि पाकिस्तानी टोलीमा फर्किएका छन् ।

यी तीन खेलाडीलाई इंग्ल्यान्डविरुद्धको तीन टेस्टको शृङ्खलाको पहिलो खेलपछि टोलीबाट निकालिएको थियो ।

पाकिस्तान क्रिकेट टोलीले टेस्ट सिरिजमा इंग्ल्यान्डई २–१ ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको