जनकपुरधाम:नेपालका पूर्व राष्ट्रपति डा. रामवरण यादव मधेशको शैक्षिक गुणस्तर घट्दै गईरहेकोमा चिन्ता व्यक्त गरेका छन् । राजर्षि जनक विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले कुनै समय शिक्षाको हबको रुपमा रहेको मधेस नै शैक्षिक रुपमा कमजोर हुँदै जानु चिन्ताको विषय रहेको बताए ।

स्थानिय दानविरहरुको दान र त्यागले मधेसमा स्थापित शैक्षिक गुणस्तरीयतालाई समयमै बचाउन नसकिएको उनले दुखेसो गरे । पुर्व राष्ट्रपति डा. यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेशको शिक्षा र स्वास्थ्य ध्वस्त भएको पतै नलागेको बताए ।

उनले जनकपुरधाम सहित धनुषाको विभिन्न तत्कालिन चर्चित विद्यालयहरुको उदाहरण दिदै सबै विद्यालय निर्माणको कामको पहलकदमी राजनितिक दलका नेताहरुले नै लिएको र समाज शिक्षित बनेको तर पछिल्लो समय देशमा भएको राजनितिमा व्यस्त हुदाहुदै शिक्षा र स्वास्थ्य धरासयी बनेको बताए । उनले कार्यक्रममा उपस्थित लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेशको शिक्षा र स्वास्थ्य धरासायी बनेको भन्ने तर्कमा समर्थन सहित प्राकृतिक स्रोत र कृषि उत्पादन पनि ध्वस्त भएकाले यसमा पनि काम गर्नुपर्ने बताए ।

कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुरले जनकपुरधाममा राजर्षिजनक विश्व विद्यालय स्थापनामा राज्य संयन्त्र आनाकानी गर्दा हामीले चेतावनी दिएपछि मात्रै मानेको भन्दै विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै यसलाई बचाउनु सबैको कर्तव्य रहेको बताए ।

कांग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधीले आफुहरु विश्व विद्यालय स्थापनाका लागि जिल्ला स्तरीय अभियान सञ्चालन गरेर अर्थ जुटाउने सम्मको काम गरेको स्मरण गराउँदै २०७४ सालमा संघिय सरकारले विश्व विद्यालयको रुपमा घोषणा गर्दा लोकतन्त्र स्थापनाको जस्तो खुसी महशुस भएको बताए ।

सो अवसरमा विश्व विद्यालय स्थापनामा अहम भुमिका खेलेको भन्दै नेता ठाकुर, कांग्रेस नेता तथा पुर्व उपसभापति विमलेन्द्र निधी, तत्कालिन धनुषाका जिविस सभापति तथा कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवलाई सम्मान गरिएको थियो ।

२०७४ कात्तिक १२ गते स्थापना भएको राजर्षि जनक मुलुककै कान्छो विश्वविद्यालय हो । स्थापना दिवसमा पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति बिजुकुमार थपलिया, त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्रोफेसर विनयकुमार कुरियतले कि–नोट भाषण गरेका थिए । राजर्षि जनक विश्वविद्यालयका उप–कुलपति प्राडा अमरकुमार यादवले विश्वविद्यालयको अब आफ्नै भवन बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको