जनकपुरधाम:नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ ।
बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०१४ को फाइनलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काइन् ।
बंगलादेशका दुई डिफेण्डरले सुरुवातदेखि नै नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारीलाई मार्क गरेका थिए ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अब पाएपनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक–एक प्रहार बारमा लागेको थियो ।
पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पाएको छ ।
गोल पोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बंगलादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कँदा नेपाल भाग्यमानी बनेको थियो । रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले समाइन् ।
अमिसाले त्यसपछि पनि गोल गर्ने अवसर पाएकी थिइन् तर फिनिसिङमा चुकिन् ।
१९ औं मिनेटमा नेपालकी अमिसा कार्कीले बकस बाहिरबाट हानेको शक्तिशाली पहार बारमा लागेर फर्कँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो ।
३३ औं मिनेटमा बंगलादेशले बकस नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो ।
दोस्रो हाफमा नेपाली टिममा दुई परिवर्तन भएको थियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बुको स्थानमा रश्मीकुमारी घिसिङ मैदान प्रवेश गरेका थिए ।
५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले पहिले अग्रता लियो । कप्तान सबिना खातुनको पासमा मोनिकाले गोल गरेकी थिइन् । तर त्यो गोल धैरै समय टिकेन ।
त्यसको चार मिनेटपछि नै अमिसा कार्कीले नेपालको लागि बराी गोल फर्काईन् ।
त्यसपछि पनि दुवै टोलीले अगता लिने अवसर पाएका थिए । ६१ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बायाँ साइडबाट हानेको बल पोष्ट नजिकबाट बाहिर गएको थियो ।
६७ औं मिनेटमा नेपाली गोलकिपर एन्जिलाले मोनिका चक्माको प्रहार उत्कृष्ट बचाउ गर्दा बंगलादेशले अग्रता लिने अवसर गुमाएको थियो ।
तर ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले उत्कृष्ट गोल गदै बंगलादेशलाई फेरि अग्रता दिलाइन् ।
उनले बायाँ साइडबाट बक्समा हानेको क्रस सिधै गोलमा परिणत भयो । नेपाली किपर एन्जिलाले बचाउने प्रयास गरेपनि असफल भइन् ।
ऋतुले गोल गर्दै दशरथ रंगशालमा उस्थित १५ हजार धन्दा बढी दर्शकलाई साइलेन्ट बनाइन् । उनको सेलेब्रेसन पनि त्यस्तै शैलीको थियो ।
त्यसपछि नेपाली दर्शकले लगातार नेपाल नेपाफ’ भनेर हुटिङ गरिरहेका थिए । नेपाल बराबरी गोल फर्काउन प्रयास गरिरहेपनि सफल हुन सकेन ।
घरेलु मैदानमा साफको उपाधि जित्ने नेपालको लक्ष्य तेस्रो प्रयासमा पनि पूरा भएन ।
यसअघि २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो ।
नेपाल साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशसँग दोस्रो पटक पराजित भएको हो । सन् २०२२ मा भएको छैटौं संस्करणमा नेपाल बंगलादेशसँग दशरथ रंगशालामै ३–१ ले पराजित भएको थियो ।
साफमा नेपालले सर्वाधिक छैटौं पटक फाइनल खेलेको छ । बंगलादेश तीन पटक फाइनल खेल्दा दुई पटक उपाधि जितेको छ ।
बंगलादेश सन् २०१६ को फाइनलमा भारतसँग पराजित भएको । नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २०१६ मा नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो ।
नेपालले साफ वुमन्स च्याम्पियनसिपमा घरेलु मैदानमा लगातार तेस्रो पटक फाइनल खेलेको हो ।
समग्रमा पछिल्लो डेढ दशकमा नेपाले १२ औं पटक फाइनल खेलेको हो । सन् १९८६ मा एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपाली महिला टोलीले सन् १९८९ र १९९९ मा पनि एएफसी च्याम्पियनसिप खेलेको थियो ।