जनकपुरधाम : प्रहरीले वीरगन्ज भन्सारको इनर्वा क्षेत्रबाट वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा एक दर्जन महिला तथा पुरुषलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले सोमबार साँझ करिब ४ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानहरूबाट अनैतिक क्रियाकलापमा संलग्न ७ जना महिला तथा ५ पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।