नयाँदिल्ली ; खालिस्तानी सङ्गठन ‘सिख्स फर जस्टिस’ (एसएफजे) का प्रमुख गुरपतवन्त सिंह पन्नूले भारतका हिन्दु धार्मिक स्थलहरूमा आक्रमणको धम्की हालै एक विवादास्पद भिडियो जारी गर्दै दिएका छन् ।

पन्नूले यसअघि पनि भारतको धर्मनिरपेक्षता र अखण्डताको विरोधमा विभिन्न आक्रामक अभिव्यक्तिहरू दिएका छन् । यस पटक उनले विशेष रूपमा भारतको ऐतिहासिक तथा धार्मिक स्थल अयोध्यामा रहेको राम मन्दिरको जग हल्लाउने धम्की दिएका छन् । पन्नूले भनेका छन्, “हामी अयोध्या, जहाँ हिंस्रक हिन्दुत्व विचारधाराको जन्म भएको हो, त्यसलाई ध्वस्त पार्नेछौँ ।”

एसएफजेले क्यानडामा रहेका भारतीय कूटनीतिज्ञहरूले आयोजना गरिरहेका जीवन प्रमाणपत्र शिविरहरूको पनि कडा विरोध गर्ने योजना बनाएको छ । सङ्गठनले विशेष रूपमा मिसिसागाको कालीबारी मन्दिरमा नोभेम्बर १६ मा र ब्राम्टनको त्रिवेणी मन्दिरमा नोभेम्बर १७ मा प्रदर्शन गर्ने घोषणा गरेको छ । धम्कीपूर्ण योजनाहरूले क्यानडाका हिन्दु समुदायलाई चिन्तित बनाएको छ ।

पन्नूले क्यानडामा रहेका भारतीय कूटनीतिज्ञहरूमाथि पनि आक्रमण गर्ने धम्की दिँदै, हिन्दु तथा भारतीय मूलका नागरिकहरूलाई खालिस्तान आन्दोलनको ‘चारा’ नबन्न चेतावनी दिएका छन् । उनले भारतीय मूलका क्यानाडेलीलाई एसएफजेका विरोध कार्यक्रमहरूबाट टाढा बस्न आग्रह गर्दै भनेका छन् कि उनीहरू खालिस्तानका लागि हुने सङ्घर्षमा अनावश्यक रूपमा मारिने ‘चारा’ बन्न नपरोस् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको