काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा बंगलादेशका कुनै पनि क्रिकेटर सहभागी हुने छैनन् । सन् २०२० पछि बंगलादेशका कुनै पनि क्रिकेटर आईपीएलमा सहभागी नहुने यो पहिलोपटक हो ।
यसपटक १३ जना बंगलादेशी खेलाडी लिलामीका लागि उपलब्ध थिए तर तीमध्ये कसैको नाममा बोलकबोल भएन । आईपीएलका लागि कुनै पनि बंगलादेशी खेलाडीको प्रस्ताव परेको छैन ।
यस्तो अवस्थामा कतिपयले यसलाई दुई देशबीचको तनावसँग पनि जोडिरहेका छन् ।
सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारधारासँग सम्बन्धित केही व्यक्तिले यसलाई मोदी सरकारसँग जोडिरहेका छन् ।
बीसीसीआई वा आईपीएलले बंगलादेशका खेलाडीहरूका लागि बोलपत्र नभएको विषयमा टिप्पणी गरेको छैन । तर बंगलादेश क्रिकेट बोर्डका अधिकारीले यो विषय दक्षतासँग सम्बन्धित रहेको बताएका छन् ।
कतिपयले यसलाई आईसीसीका अध्यक्ष जय शाहको निर्णय भनेका छन् तर तिनले के आधारमा यस्तो भनिरहेका छन् भन्ने कुरा खुलाउन सकेका छैनन् ।