जनकपुरधाम : नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटको जित निकालेको छ । कीर्तिपुर मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमा सहजै पूरा गरेको हो ।

जनकपुरको जीतका लागि कप्तान एवम् ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन् । उनले अविजित ६३ रन प्रहार गरेका थिए । ४२ बलमा उनले ३ छक्का र ६ चौका प्रहार गरे । टिमको सार्वाधिक रन बनाउने पनि उनै हुन् ।

त्यस्तै अर्का ओपनरले पनि उत्कृष्ट सुरुवात गरेका थिए । २ छक्का २ चौकाको मद्दतमा उनले २९ बलमा ३६ रन जोडे । देव खनालले उनलाई मौसम ढकाल मार्फत क्याच आउट गराए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको