जनकपुरधाम:सीताराम विवाहपञ्चमी महोत्सवको लागि भारत उत्तर प्रदेशको अयोध्याबाट जन्ती मंगलबार जनकपुरधाम आइपुगेको छ ।

करिब पाँच सय साधुसन्त सहभागी जन्ती मंगलबार अपरान्ह जनकपुरधाम आइपुगेको हो ।

मंसिर १२ गते अयोध्याबाट हिडेको जन्ती हिजो सोमबार राति महोत्तरीको मटिहानीमा आइपुगेर बास बसेका थिए । त्यहा मटिहानी नगरपालिकाले भव्य स्वागत गरेको थियो । आज बिहान त्यहाँबाट बिहान जन्ती जनकपुरधामका लागि हिडेको थियो ।

जनकपुरधाम आइपुगेका जन्तीको मेयर मनोज साहले औपचारिक रूपमा गरेका छन्। जनकपुरमा दुवै छेउमा उभेका स्थानीय बासिन्दाले ‘जय सियाराम’ को नारा लगाउँदै पुष्पवृष्टिका साथ उनीहरूलाई स्वागत गरेका हुन् । जानकी मन्दिरमा कार्पेटमा उनीहरुको स्वागत गरिएको हो ।

उनीहरु आज भएको विवाहपञ्चमीको धनुषयज्ञमा समेत सहभागी भएका छन् । जन्ती चारदिनसम्म जनकपुरधाममा बास बस्ने छन् । उनीहरुको बास र भोजनको सम्पूर्ण व्यवस्था गरिएको जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताए ।

पाँच वर्षको अन्तरालमा विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आउने साधुसन्तको जन्ती यसपटक पनि आएका छन् । यस पटक विवाहपञ्चमी महोत्सवमा रौनक थपिएको छ ।

मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव मंसिर २२ गतेसम्म चल्ने छ । आइतबार पहिलो दिन नगर दर्शन, दोस्रो दिन सोमबार फूलबारी लीला सम्पन्न भइसकेको छ भने आज धनुषयज्ञ महोत्सव मनाइँदैछ ।

भोलि बुधबार तिल्कोत्सव, बिहीबार मटकोर र शुक्रबार विवाहपञ्चमी महोत्सव रहेको छ । शनिबार जन्तीमा आएका साधुशन्तको विदाई अर्थात् रामकलेवा गरि विवावशपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको