जनकपुरधाम : गुठी संस्थानमा हिसाब किताब नै नराखि व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । वर्षौंदेखि लेखा परीक्षण नै नगराएको संस्थानले पछिल्लो समय आर्थिक वर्ष २०७७-०७८ को लेखा परीक्षण गराउँदा विभिन्न अनियमितता भएको पाइएको हो ।

संस्थानमा वर्षौंदेखि पेस्की रकम लिएर पनि फछ्र्यौट नगरेको, आय आम्दानीको हिसाब–किताब नराख्ने गरेको पाइएको छ । मालपोत र कुतबाली तथा घर, पसल, बहाल, बगैँचा आदिको ठेक्काबापत आउने आम्दानीमा व्यापक हिनामिना हुने गरेको पाइएको छ ।

त्यसैगरी, आवश्यकता तथा औचित्य नै पुष्टि नहुने गरी सञ्चालक समितिका अध्यक्षदेखि सदस्यहरूको विभिन्न मितिमा विभिन्न स्थानमा हुने गरेको अनुगमन भ्रमणमा समेत संस्थानले मनपरी खर्च गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको