जनकपुरधाम : बुद्ध एयरले जनकपुरधामको गंगा आरतीलाई एक लाख रुपैया सहयोग गरेको छ । सो सहयोग बुद्ध एयर जनकपुरधामका प्रवन्धक विजयकुमार सिंहले सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष सुरेश शर्मालाई हस्तान्तरण गरेका छन् । सेभ हिस्टोरिकलले जनकपुरधामको गंगासागरमा प्रत्येक साँझ गंगा आरती गर्दै आईरहेको छ ।
बुद्ध एयरले अनाहकमा हवाइजहाजको आकस्मिक ढोका खोलेका यात्रुबाट लिएका क्षतिपूर्ति रकम परोपकारी संस्थालाई हस्तान्तरण गर्ने रणनीति बनाएको त्यही तहत गंगा आरतीलाई यो रकम दिएको छ ।
ढोका खोलेका यात्रुबाट १ लाख रुपैयाँ क्षतिपूर्ति तिराइने गरेको बुद्ध एयरले जनाएको छ ।
यसरी संकलित रकम जनकपुरधामको महागंगा आरती–गंगासागर र पोखराको वृद्धाश्रमलाई १-१ लाखका दरले सहयोग गरिएको बुद्ध एयरले जनाएको छ । यही जनवरी १ का दिन पोखराबाट काठमाडौं (उडान संख्या ६१८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा जहाजको इमरजेन्सी ढोका खोलेको पनि बुद्ध एयरले जनाएको छ । कम्पनीका अनुसार सोलगत्तै टेक्निकल टिमको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६:४० मा काठमाडौका लाग उक्त जहाज उडेको थियो ।
बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको उल्लेख गरेको छ । विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पु¥याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउँछन् ।
बुद्ध एयरले अनाकहमा इमरजेन्सी ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम १ लाख रुपैयाँ तिराई तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ ।