बैंकका सफ्टवेयर संचालक एफवानकै तीन करोड बढी रकम चोरी

जनकपुरधाम : संसारभरि नै रकम सुरक्षितका लागि भरपर्दो र विश्वासिलो वाणिज्य बैंकहरु हुन्छ । तर पछिल्ला घटनाहरुले हेर्दा नेपालका बैंकहरु सुरक्षित नरहेको देखिएको छ ।

बैंकहरुले ऋणीको जग्गा हतियाउने, खाताबाट रकम गायब गरिदिने, एटीएमबाट झिकेको रकमभन्दा बढी रकम खाताबाट काटने लगायतका घटनाहरु नेपालका बैंकहरुमा आम भइसकेको अवस्थामा अब बैंकिग मोबाइल एप र फोनपे समेत असुरक्षित भइसकेको छ ।

पछिल्लो सिटिजन्स बैंकबाट उनको सफ्टवेयर संचालनमा रहेका कम्पनी एफवानकै खाताबाटै हयाकर साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरी गरेको छ । अधिकांश वाणिज्य बैङ्कहरूको अति नै संवेदनशील ई–बैंकिङ प्रविधिको व्यवस्थापन गर्ने कम्पनी एफवानसफ्ट सिस्टमभित्र प्रवेश गरेर ह्याकरले रकम चोरी गर्दा अन्य बैंकको ई–बैङ्किङ प्रणाली समेत जोखिममा परेको छ ।

एफवान सफ्टले सिटिजन्स बैंकको दरबारमार्ग स्थित शाखामा खाता खोलेको थियो । उक्त सफ्टवेयर ह्याक गरेर सफ्टवेयरकै खाताबाट ३ महिनामा पटक पटक गरी तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हो । यो चोरी प्रकरणमा २४ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर भएको छ ।

यो प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय साइबर ब्यूरोले प्रतिवादी बनाइएका २४ जनामध्ये नौजना पक्राउ गर्न सफल भएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा ललितपुरको त्रिगुण रत्न बज्रचार्य, सिरहाका राहुल ठाकुर, सिरहाकै पुरुषोतम साह, सप्तरीका कृष्णरमण राउत, सप्तरीकै संजिवकुमार शर्मा, उदयपुरका कमल थापा मगर, उदयपुरकै दीपक थापा मगर, सुनसरीका सन्देश राई र सुनसरीकै सागरकुमार साह छन् । बाँकी १५ जना भने फरार छन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको एसपी अवस्थीले बताए । ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको एक अनुसन्धान अधिकृतले बताए ।

बक्समा राख्नु होला

सुरक्षित छैन एफवानसफ्ट

एफवान इसेवा, फोनपेजस्ता चर्चित मोबाइल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने माउ कम्पनी समेत हो । बैंकहरुले एफवानको फिनेटक प्रोग्राम प्रयोग गर्दै आएका हुन् । नेपालमा स्वदेशी सयौंको संख्यामा सफ्टवेयर भएपनि एकछत्र राज गरिरहेका विदेशमा संचालित एफवान सफ्टवेयर नेपाली बैंकहरुले प्रयोग गर्दै आइरहेका छन् ।

एफएफवानसफ्टले आफ्नो वेभसाइटमा राखेको विवरणमा नेपालका ९० प्रतिशत बैंक तथा वित्तिय संस्थाको उसले निर्माण गरेको सिस्टम प्रयोग हुँदै आएको छ । १ करोड ९० लाख भन्दा बढी उसका प्रयोगकर्ता छन् । एफवानसफ्टको विवरण अनुसार उसको प्रणालीहरूले नेपालको कुल डिजिटल भुक्तानीको करिब ८०% स्थान ओगटेको छ ।

एफवानका कारण बैंकिंग क्षेत्र सेवाग्राही मात्र होइन ई सेवाका २५ लाखभन्दा बढी उपभोक्ता समेत जोखिममा परेका छन् । किनकी ई सेवा पनि एफवान सफ्टवेयरबाट संचालित छन् । इसेवा र सिरान टेक्नोलोजी एफवान सफ्ट इन्टरनेसनलका भगिनी कम्पनी हुन् । एफवान सफ्टवेयर विदेशबाट संचालित भएका कारण कुनैपनि नेपाली नागरिकको रकम मात्र होइन गोप्य डाटा समेत असुरक्षित रहेको छ ।

यती धेरै बैङ्क तथा वित्तीय संस्थाहरूको ई–पेमेन्टको प्राविधिक पक्षको जिम्मा लिएको कम्पनीको सिस्टमको कमजोरीमा खेल्दै बैंकबाट पैसा चोरिँदा समेत नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्कका अधिकारीहरू सामान्य घटना झैँ निष्क्रिय देखिएको छ ।

सिजिटन बैंकले प्रयोग गर्ने एफवानसफ्टको मोबाइल बैङ्किङ सिस्टममा प्रवेश गरेर जसरी रकम चोरी भयो, एफवानसफ्टले अन्य बैङ्क तथा वित्तीय संस्थामा दिएको सिस्टमबाट उसरी नै पैसा चोरी हुनसक्ने जोखिम हुन्छ नै । यो घटनाले बैङ्किङ पद्धतिमै जोखिम बढाएको देखिन्छ । राष्ट्र बैङ्क पूर्ण रूपमा साइबर अनुसन्धा ब्यूरोकै अनुसन्धानको भरमा बसेको देखियो । राष्ट्र बैङ्कका प्रवक्ता रामु पौडेलले ‘गल्ती कसको भएको सोको अध्ययन भइरहेको’ सामान्य प्रतिक्रिया दिएर उम्कन खोजेका छन् ।

प्रम ओलीका पूर्व आईटी सल्लाहकर हुन् एफवानका संचालक

बैंकहरुलाई सफ्टवेयर प्रदान गर्दै आएका कम्पनी एफवान सफ्टवेयरका संस्थापक प्रधानमन्त्री केपी शर्माका आईटी सल्लाहकार असगर अली हुन । पछिल्लो पटक २०७६ साल चैत महिनामा काठमाडू प्रेस अनलाईन आईपीमा प्रवेश गरी समाचार डिलिट गर्दा अली विवादमा तानिएका थिए ।

असगर अली एफवान सफ्ट ग्रुपका संस्थापक समेत हुन् । यो ग्रुप अन्तर्गत एफवान सफ्ट, इसेवा, सिरान टेक्नोलोजी, कोगेन्ट हेल्थ, इसेवापसल, लाजिका, दियालो टेक र स्वस्तिक आइटी कलेज छन् । यी सबै सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कम्पनीहरु छन् ।

एफवान सफ्टले बैंकहरुको अनलाइन पेमेन्ट सिस्टमको काम गर्छ । इसेवाले भुक्तानी सेवा प्रदायक (पीएसपी) को सर्भिस हेर्छ भने सिरान टेक्नोलोजीले अनलाइन वा वेभसाइटहरुको डिजाइन, डेभलपमेन्ट र सपोर्टको काम गर्छ । वाणिज्य बैंकहरुमध्ये अहिले नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र स्ट्यान्नर्ड चार्टर्ड बैंक बाहेक सबै वाणिज्य बैंक र विकास तथा फाइनान्स बैंकले यो सफ्टवेयर प्रयोग गर्दै आएका छन् ।

नेपालीको हरेक डाटामा अलीको पहुँच

एक्टेन्सो डाटा कम्पनी डाटासम्बन्धी कारोबार गर्ने उद्देश्यले स्थापना गरेको अलीकै योजनामा नागरिक अधिकार मोवाइल एप ल्याइएको छ । एफवान असुरक्षित भएपछि नागरिक एपमा राखिएको डाटा पनि दुरुपयोग हुन सक्ने खतरा बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकृतले डाटा औंल्याएका छन् ।

अलीको पहलमा अध्यागमन विभाग, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र लगायतका निकायमा रहेका संवेदनशील विवरण नागरिक एप परीक्षणका लागि प्रधानमन्त्री कार्यालयमा लगिएको थियो । नागरिक अधिकार एप प्रधानमन्त्री कार्यालयले नभई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले निर्माण गरेको राष्ट्रिय परिचय पत्र अलीकै दबाबमा डाटा संकलनको काम प्रधानमन्त्री कार्यालयले गर्दै आएको छ ।

निर्वाचन आयोग र आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोषजस्ता एक दर्जनभन्दा बढी सरकारी निकायसँग भएका गोप्य र संवेदनशील विवरण अलीको पहुँचमा छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको