जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परेर साढे ३ वर्षमा २८३ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७८-७९ देखि ०८१-८२ को मंसिर महिनासम्ममा ४ हजार ९४४ सवारी दुर्घटनामा परेर २८३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८-७९ मा ट्रक-ट्याङकर ३५, ट्रिपर १७, डोजर-लोडर २, बस ३०, माईक्रो २४, जिप-कार १३४, ट्याक्टर ५०, टेम्पो ८१, मोटरसाइकल ९०७, साइकल ११४ र अन्य ८ सहित कूल १ हजार ४०२ सवारी दुर्घटनामा ७७ पुरुष, १९ महिला, ७ बालक र २ बालिकासहित जम्मा १०५ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०७८-७९ मा विभिन्न सवारी दुर्घटनामा परि ३७२ पुरुष, ९७ महिला, ४६ बालक र २५ जना बालिकासहित जम्मा ५४० जना गम्भीर घाइते भएका छन् भने ६८७ पुरुष, १५७ महिला, ६३ बालक र ४३ बालिकासहित जम्मा ९५० जना सामान्य घाइते भएका छन् । त्यस्तै, ९ वटा चौपायाको मृत्यु हुँदा एउटा चौपाया घाइते भएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७९-८० मा ट्रक-ट्याङकर २१, ट्रिपर १३, डोजर-लोडर १, बस २९, माईक्रो १२, जिप-कार ११०, ट्याक्टर ५२, टेम्पो ९३, मोटरसाइकल ९५९, साइकल १०४ र अन्य ५ सहित कूल १ हजार ३९९ सवारी दुर्घटनामा ६० पुरुष, १६ महिला, ४ बालक र ४ बालिकासहित जम्मा ८४ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०७९-८० मा विभिन्न सवारी दुर्घटनामा परि २८८ पुरुष, १०१ महिला, ४४ बालक र २३ जना बालिकासहित जम्मा ४५६ जना गम्भीर घाइते भएका छन् भने ७४६ पुरुष, २२७ महिला, १०३ बालक र ५७ बालिकासहित जम्मा १ हजार १३३ जना सामान्य घाइते भएका छन् । त्यस्तै, ५ वटा चौपायाको मृत्यु हुँदा ५ चौपाया घाइते भएका छन् ।

आर्थिक वर्ष ०८०-८१ मा ट्रक-ट्याङकर १८, ट्रिपर ४, डोजर-लोडर २, बस ३४, माईक्रो १६, जिप-कार १०९, ट्याक्टर ३४, टेम्पो १३०, मोटरसाइकल १ हजार ८४, साइकल ११७ र अन्य ७ सहित कूल १ हजार ५५५ सवारी दुर्घटनामा ५३ पुरुष, १६ महिला, ४ बालक र १ बालिकासहित जम्मा ७४ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०८०-८१ मा विभिन्न सवारी दुर्घटनामा परि २८२ पुरुष, ८९ महिला, २२ बालक र ११ जना बालिकासहित जम्मा ४०४ जना गम्भीर घाइते भएका छन् भने ८८९ पुरुष, २५६ महिला, ११९ बालक र ६२ बालिकासहित जम्मा १ हजार ३२६ जना सामान्य घाइते भएका छन् । त्यस्तै, ७ वटा चौपायाको मृत्यु हुँदा ३ चौपाया घाइते भएका छन् ।

त्यस्तै, चालू आर्थिक वर्ष ०८१-८२ को पाँच महिना (साउनदेखि मंसिर)सम्ममा ट्रक-ट्याङकर ७, ट्रिपर २, बस ९, माईक्रो १३, जिप-कार ३८, ट्याक्टर ११, टेम्पो ४३, मोटरसाइकल ४१२, साइकल ५१ र अन्य २ सहित कूल ५८८ सवारी दुर्घटनामा १५ पुरुष, १ बालक र ४ बालिकासहित जम्मा २० जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०८०-८१ को पाँच महिना (साउनदेखि मंसिर)सम्ममा विभिन्न सवारी दुर्घटनामा परि ८० पुरुष, २९ महिला, १५ बालक र ७ जना बालिकासहित जम्मा १३९ जना गम्भीर घाइते भएका छन् भने ३७७ पुरुष, ११६ महिला, ४५ बालक र ३१ बालिकासहित जम्मा ५६९ जना सामान्य घाइते भएका छन् ।

प्रहरी निरीक्षक वलीले आफूहरुको राजश्व संकलन गर्नुभन्दा पनि सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य रहेकोले सवारी दुर्घटना केही बढेपनि मृत्यु हुनेको संख्यामा कमी आएको बताए ।

धनुषा ट्राफिक प्रहरीले राजश्व संकलनमा पनि वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७-७८ मा ३१ हजार ९४४ वटा सवारीलाई कारबाही गर्दा २ करोड २५ लाख ९२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८-७९ मा २४ हजार ७८८ वटा सवारीलाई कारबाही गर्दा १ करोड ९७ लाख ५६ हजार रुपैयाँ संकलन भएको थियो ।

धनुषा ट्राफिकले आर्थिक वर्ष २०७९-८० मा ३८ हजार ४४९ वटा सवारीलाई कारबाही गर्दा २ करोड ६० लाख १ हजार रुपैयाँ संकलन हुँदा आर्थिक वर्ष ०८०-८१ मा २९ हजार ६५ सवारी साधनलाई कारबाही गरेर २ करोड ३४ लाख ५१ हजार ५०१ रुपैयाँ राजश्व संकलन गरिएको थियो ।

चालू आर्थिक वर्ष ०८०-८१ को पाँच महिना (साउनदेखि मंसिर)सम्ममा धनुषा ट्राफिकले १० हजार ४७५ वटा सवारीलाई कारबाही गरेर ८१ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको