जनकपुरधाम : लोकसेवा आयोगले सेवा प्रवेशका लागि खुलाको हकमा ३२ वर्षे उमेर हद सीमा निर्धारण गर्न प्रस्ताव गरेको छ । यस्तै समावेशी समूहका (महिला र अपांग)को हकमा ३७ वर्ष सीमा प्रस्ताव गरेको छ ।

शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगको तर्फबाट अध्यक्ष माधव प्रसाद रेग्मीले लिखित रूपमा प्रस्ताव पेस गर्दै यस्तो प्रस्तावको आधार र कारणमा विदेशी अभ्यासलाई औँल्याइएको छ । जसअनुसार भुटानमा खुला २१ देखि ३५ वर्ष, पाकिस्तानमा २१ देखि ३० तथा समावेशीमा २ वर्ष थप रहेको उल्लेख छ ।

यस्तै भारतमा २१ देखि ३० वर्ष र सरकारी सेवा प्रवेश गरिसकेकाको हकमा ३५ वर्ष रहेको उल्लेख छ ।

यस्तै बंगलादेशमा सेवा प्रवेशको उमेर हद २१ देखि ३० वर्ष र समावेशीका लागि ३२ वर्ष रहेको उल्लेख छ । यस आधारमा नेपालमा हाल सेवा प्रवेश गर्ने उम्मेदवारको उमेर समूहको अध्ययन गर्दा समेत सेवा प्रवेश उमेर हद घटाउनु उपयुक्त हुने आयोगको धारणा छ ।

यस्तै अनिवार्य अवकाशको उमेर हद समेत ६० वर्ष बनाउँदा उक्त हुने आयोगको निष्कर्ष छ । यसको कारण र आधारमा रूपमा आयोगले २०५९ सालमा नै पहिलो पटक ६० वर्षको उमेर हद कायम हुनुपर्ने भनि परामर्श दिइसकेको उल्लेख गरेको छ । यस्तै भारत, पाकिस्तान र श्रीलंकामा पनि ६० वर्ष रहेको तथा डेनमार्क, नर्वे, अमेरिका, फिनल्याण्ड जस्ता देशमा ६७ वर्षसम्म उमेर हद रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको