काठमाडौँ : बाहिरिने तयारीमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको परिवारले २०२३ मा विदेशी नेताहरूबाट हजारौँ डलर उपहार प्राप्त गरेका छन् । ती उपहारलाई हालै सार्वजनिक गरिएको छ ।

सार्वजनिक सूचीअनुसार भारतबाट जो बाइडेनलाई सबैभन्दा महँगो उपहार दिइएको खुलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीमती जिल बाइडेनलाई २० हजार अमेरिकी डलर बराबरको हिरा उपहार दिएका खुलेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले दिएको ७.५ क्यारेटको हीरा सन २०२३ मा बाइडेन परिवारलाई दिइएको सबैभन्दा महँगो उपहारको रूपमा दर्ज गरिएको छ ।

यद्यपि, उनले अमेरिकाका लागि युक्रेनी राजदूतबाट १४ हजार ६३ अमेरिकन डलरको ब्रोच र इजिप्टका राष्ट्रपति र प्रथम महिलाबाट ४५१० डलरको ब्रेसलेट, ब्रोच र फोटो एल्बम पनि पाएका छन् । अमेरिकन विदेश मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो जानकारी दिइएको हो ।

स्टेट डिपार्टमेन्टका अनुसार २० हजार अमेरिकी डलर मूल्यको हीरा आधिकारिक प्रयोगको लागि ह्वाइट हाउसको पूर्वी भागमा राखिएको थियो ।

राष्ट्रपति र प्रथम महिलालाई दिइएका अन्य उपहारहरू अभिलेखालयमा पठाइएको छ । धेरै महँगो उपहारमध्ये जो बाइडेनले दक्षिण कोरियाबाट एउटा उपहार प्राप्त गरेका थिए । राष्ट्रपति सुक येओल युनले अमेरिकी डलर ७ हजार १ सय मूल्यको सम्झनामूलक फोटो एल्बम समावेश छ ।

मङ्गोलियाका प्रधानमन्त्रीबाट ३ हजार ४ सय ९५ अमेरिकी डलर मूल्यको मङ्गोल योद्धाको मूर्ति, ब्रुनाईका सुल्तानबाट ३ हजार ३ सय अमेरिकी डलर मूल्यको चाँदीको कचौरा, इजरायलका राष्ट्रपतिबाट ३ हजार १६० अमेरिकी डलर मूल्यको स्टर्लिङ्ग र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट २४ सय डलर मूल्यको एक कोलाज छन् ।

संघीय कानुनअनुसार कार्यकारी शाखाका अधिकारीहरूले विदेशी नेताहरूबाट प्राप्त उपहारहरू सार्वजनिक गर्न आवश्यक छ । संघीय कानुनले कार्यकारी शाखाका अधिकारीहरूले विदेशी नेता र उनीहरूका आफन्तबाट प्राप्त उपहारहरू देखाउनुपर्ने भनेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको