जनकपुरधाम : महोत्तरीको विभिन्न पालिकामा किशोर किशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम संचालनमा ल्याइएपछि किशोर किशोरीहरु आफ्नो स्वास्थ अधिकारका विषयमा खुलेर बोल्न थालेको पाइएको छ ।

युएसएडको आर्थिक सहयोग तथा केयर नेपालको नेतृत्व र ब्थयल, व्जउभष्नय, ज्म्क्ष् को प्राविधिक सहयोग र रतौली युवा क्लवको स्थानीय सहकार्यमा किशोर किशोरी प्रजनन् स्वास्थ्य कार्यक्रमको समिक्षात्मक कार्यक्रममा किशोर किशोरीहरु आफ्नो स्वास्थ्य अधिकारप्रति सचेत हुँदै गईरहेको पाइएको हो । महोत्तरीको गौशाला, औरही, सोनमा,सम्सी, रामगोपालपुर, भंगहा, लोहापट्टी, र बलवा पालिकामा यो कार्यक्रम संचालनमा रहेको छ । २०७९ सालदेखि शुरु भएको कार्यक्रम २०८४ सालसम्म चल्ने जनाइएको छ ।

किशोर किशोरी प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्नुको मुख्य लक्ष्य नै १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउनु रहेको कार्यक्रममा वक्ताहरुले बताए ।

किशोर किशोरीहरुलार्ई घरपरिवार तथा समुदायबाट स्वस्थ आचरणको अभ्यासद्वारा उनीहरुको आफ्नो पूर्ण सक्षमतामा पु¥याउन सहयोग गर्ने र यसका साथै सार्वजनिक प्रणाली एवं निजी संस्थाहरूलाई किशोरकिशोरी मैत्री सेवा सुविधा प्रदान गर्दै उत्पादकत्व बृद्धिको निम्ति सबलीकरण गर्दै जाने मुख्य लक्ष्य यस परियोजनाको रहेको छ ।

कार्यक्रम संचालन भएदेखि त्यहाँका किशोर किशोरीहरु आफ्नो स्वास्थ्य सम्बिन्ध निर्णय लिन थालेको, यौन स्वास्थ्यका विषयमा खुलेर चर्चा गर्नुका साथै किशोरीहरुले बालविवाह रोक्ने लगायतका कार्यमा समेत सक्रियता बढाउन थालेका छन् ।

कार्यक्रममा रतौली युवा क्लवका कार्यकारी निर्देशक वैद्यनाथ चौधरी, मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. श्रवण नायक, केयर नेपालको यस परियोजनाका प्रदेश संयोजक डा. विजय झा, कार्यक्रम संचालनमा रहेका ८ वटै पालिकाका प्रमुख तथा उपप्रमुख र प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको