जनकपुरधाम : जय ट्रफी एलिट कप २०८१ अन्तर्गत मधेस प्रदेश र बागमती प्रदेशबीचतको दुई दिवसीय खेल बराबरीमा सम्पन्न भएको छ ।

सोमबार दोस्रो दिनको खेल सकिँदा बागमतीले लक्ष्य पूरा गर्न सकेन । मधेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । रित गौतमले सर्वाधिक २५ रन बनाए भने शुभ कंसाकारले २३ रन बनाए । मधेशका कप्तान हरिशंकर साहले ३ विकेट लिँदा रुपेश सिंह, अभिषेक तिवारी र रन्जित कुमारले १–१ विकेट लिए ।

मधेशले दोस्रो इनिङमा ९ विकेट गुमाएर २११ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेपछि १६३ रनको अग्रतासहित १६४ रनको लक्ष्य दिएको थियो ।

मधेशका लागि दोस्रो इनिङमा ओपनर मयन यादवले शतकीय पारी खेले । उनले १०६ रन बनाएका थिए । अभिषेक तिवारीले १९ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले १७ ओभरमा ८८ रन दिएर ५ विकेट लिए । सुर्य तामाङले २ तथा रिजन ढकाल र नन्दन यादवले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश १०२ रनमा सीमित हुँदा जवाफमा बागमतीले १५० रन बनाएर ४८ रनको अग्रता पहिलो इनिंग्समा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको