काठमाडौँ : नक्कली प्रहरी इन्स्पेक्टर बनेर ठगी गर्ने दुई जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

काठमाडौं कागेश्वरी मनहरा नगरपालिकाका ३८ वर्षीय सुदीप थापा र सप्तरी घर भएर काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोरकुमार चौधरी पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार थापाले प्रहरी निरीक्षकको पोसाक लगाई नक्कली परिचयपत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँगको फोटो देखाई सम्पर्क रहेको र वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

मार्सल प्रिन्टिङ प्रेसका संचालक समेत रहेका चौधरीले किर्ते गरी परिचयपत्र बनाएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरी निरीक्षकको परिचय पत्र, पोसाकसहितका तस्बिर र मोबाइल बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको