जनकपुरधाम : नेपाल प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा जनकपुरधाममा पाँचदिवसीय एप्लिक आर्ट कार्यशालाको शुरु भएको छ ।

मैथिली विकास कोषको नयाँ भवनमा आयोजित कार्यशालाको उद्घाटन मधेश प्रदेश सरकारका पूर्वमन्त्री रामसरोज यादवले गरेका छन् । उद्घाटन कार्यक्रममा उनले यस किसिमको कला कार्यशाला प्रदेशको सांस्कृतिक समृद्धिका लागि महत्वपूर्ण कदम रहेको बताए ।

कार्यशालामा विशिष्ट अतिथिको रूपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हस्तकला विभाग प्रमुख अरुणा हिमांग र राजर्षि जनक विश्वविद्यालयका अध्ययन अनुसन्धान प्रमुख प्रो. आर.के. साह उपस्थित थिए । उनले यस कार्यशालाले सहभागीलाई कला सम्बन्धी नयाँ ज्ञान र सीप सिक्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले कोषद्वारा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आगामी दिनमा नयाँ कार्यशालाहरूको आयोजना गर्ने तयारीमा रहेको जानकारी दिए । उनले मैथिली भाषासहित विभिन्न सांस्कृतिक र कलात्मक क्षेत्रको विकासमा कोषको प्रतिबद्धता रहेको पनि बताए ।

कार्यशालामा एप्लिक आर्टका विभिन्न विधिहरू, प्रविधि र यसको उपयोगको बारेमा शिक्षा प्रदान गरिने छ । पाँच दिनसम्म चल्ने यस कार्यशालामा विभिन्न जिल्लाका कलाकार र विद्यार्थीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको