
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सांसद उपेन्द्र महतोले भाषासम्बन्धी विधेयक षड्यन्त्रपूर्वक फिर्ता गराइएको टिप्पणी गरेका छन् ।
प्रदेशसभा बैठकमा बोल्दै उनले भने, ‘सरकारले ठूलो रिस्क बोकेर भाषासम्बन्धी विधेयक ल्याएको थियो, तर सदनमा विरोधको प्रतिस्पर्धा नै चल्यो । कसैले बुझेन कि विरोध किन गरिरहेका छौं ?’
उनले माथिबाट आएकाको आदेशमा केही भिजलान्ते माननीयहरुले भाषासम्बन्धी विधेयकको विरोध गरेको बताए ।
‘भाषासम्बन्धी विधेयकविरुद्ध एक भाषा एक भेष लाद्नेहरुको षड्यन्त्र थियो’, उनले भने, ‘माननीयजीहरुले पनि बुझेनन् । भुसमा आगो लागे जस्तै विरोध गर्न थालियो । दुई चार भिजलान्तेलाई राम्रोसँग चिनें ।’
विधेयक पास गरेको भए मैथिली, बजिका, उदु विधेयकलाई समितिमा पठाउन सक्थ्यौं वा संशोधन गरी थारु वा अन्य भाषा थप्न सक्थ्यो तर विधेयक नै फिर्ता भएपछि अब गर्ने ? उनले प्रश्न गरे ।
‘मैथिली, बजिका, उर्दु, थारु जे चाहन्थ्यो, त्यो लेख्न सक्थ्यौं । तर आफैले आफ्नै हात काट्यौं’, सांसद महतोले भने, ‘विरोध किन गर्नुभयो ? माननीयहरुलाई म भन्न चाहन्छु– छात्तीमा हात राखेर भन्नुस् त ? कम्तीमा विरोध गर्दा बुझेर गर्नुप¥यो नि !’