जनकपुरधाम : चुनढुंगा बोकेका झन्डै २ सय टिपर सिरहाको मिर्चैयामा कारबाहीमा परेका छन् । मिर्चैयास्थित कटारी चोकमा सोमबार बिहानैदेखि ट्राफिक प्रहरीले टिपरहरूलाई कारबाही गरिरहेको हो ।

ओभर लोड बोकेका कारण ती टिपरलाई कारबाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख पोषणराज थपलियाले बताए । बिहानदेखि अहिलेसम्ममा करिब ४०-५० वटा टिपरलाई जरिवाना तिराइएको उनले बताए ।

तर, झन्डै डेढ सय बढी टिपर बिहानैदेखि राजमार्गमा त्यसै थन्किएको छ । उनीहरूले जरिवाना काट्नका लागि कागजपत्र दिन नमानेको र टिपर राजमार्गमै थन्क्याएर चालकहरू हिँडेको थपलियाको भनाइ छ ।

सिरहाको मारुती सिमेन्ट उद्योग, शौर्य सिमेन्ट उद्योग र धनुषाको कसमस सिमेन्ट उद्योगका लागि उदयपुर र सिन्धुलीबाट दैनिक करिब एक हजार टिपरले लोड क्षमताभन्दा बढी चुनढुंगा बोकेर ल्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको