जनकपुरधाम : मदन भण्डारी स्पोट्र्स एकेडेमी धनुषाको अध्यक्षमा श्रीनारायण साह चयन भएको छ ।

साहको अध्यक्षतामा गठित एकेडमीको नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिल कुमार साह, अजय कुमार मण्डल र कमल मण्डल, सचिवमा मत्रिका प्रसाद दास, सह–सचिवमा प्रिन्स कुमार यादव, तथा कोषाध्यक्षमा रोशन कुमार दास लगायत २७ जना प्रत्येक स्थानिय तहबाट पदाधिकारी तथा सदस्य चयन गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि मदन भण्डारी स्पोट्र्स एकेडेमी सदस्य तथा मधेश प्रदेशका सह–संयोजक दिपन ठाकुरले धनुषा जिल्लालाई खेलकुदको प्रमुख केन्द्र बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । ठाकुरले भने, “धनुषालाई खेलकुदको हव बनाउने हाम्रो मुख्य लक्ष्य हो। यसका लागि आवश्यक पूर्वाधार निर्माण तथा खेलाडीहरूको स्तर वृद्धि गर्न एकेडेमी निरन्तर क्रियाशील रहनेछ ।“

उक्त कार्यक्रममा एकेडेमीका केन्द्रीय सदस्य जीवन थापाको अध्यक्षता रहेको थियो, भने केन्दीय सचिवालय सदस्य कल्याण बुझ्ले रहेका थिए ।नवगठित कार्यसमितिले धनुषा जिल्लामा खेलकुदको प्रवद्र्धन र विकासका लागि नयाँ योजनासहित काम गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको