जनकपुरधाम : जनकपुरधामबाट लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार साँझ करिब ७:१५ बजे जनकपुरधामबाट काठमाडौंका लागि खुलेको बागमती प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले बाटो काट्दै गरेका ७० वर्षीय स्थानीय रबिन्द्र मण्डललाई ठक्कर दिएको थियो ।

लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर–१ सिनुरजोडाका मण्डलको घटनास्थलमै ज्यान गएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए । दुर्घटना ६ लेन सडकमा बाबाको ढाबा होटल अगाडि भएको हो ।

हाल बस चालक र सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको