काठमाडौ : नेपाल टेलिकममा भ्रष्टाचार भएको दाबीसहित परेको ६ वटा उजुरीमा सार्वजनिक लेखा समितिले अनुसन्धान अगाडि बढाउने भएको छ ।

समितिको बसेको बैठकले ४८ वटा उजुरीको अनुसन्धान अगाडि बढाउने निर्णय गरेको थियो । ४८ मध्ये ६ वटा नेपाल टेलिकम सम्बन्धी नै छन् । समितिमा परेका उजुरीहरूमा राजस्व चुहावट गरिएको छ । अन्य उजुरीहरूमा रिचार्ज कार्ड छपाइसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा चलखेल गरेको दाबी गरिएको छ ।

उजुरीमा बोलपत्र गर्दा राखेको ‘चेन्ज स्पेसिफिकेसन’का कारण स्वदेशी उद्योगीहरूले भाग लिन नसक्ने अवस्था सिर्जना गरेकाले टेलिकमको अन्तर्राष्ट्रिय बोलपत्र रद्द वा संशोधनको माग गरिएको छ । उजुरीमा ‘नेपाल टेलिकमबाट आह्वान भएको बोलपत्र सम्बन्धमा आवश्यक छानबिन तथा अनुसन्धान गरी बोलपत्र बदर गरी कारबाही गरी पुन: नयाँ बोलपत्र आह्वानको’ माग गरिएको छ ।

जागरूक नेपाल समाजले पनि यसै विषयमा उजुरी हालेको छ। टेलिकममा हुने अन्तर्राष्ट्रिय बोलपत्रमा कार्यसम्पादनका सर्त उल्लङ्घन भएको अर्को उजुरी रहेको समितिका एक सदस्यले जानकारी दिए । अन्य उजुरीहरूमा बिलिङ टेन्डरमा धाँधली तथा भ्रष्टाचार भएको, एनसेल र स्मार्ट टेलिकममा अर्बौँको भ्रष्टाचार भएको लगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको