
दर्जनौ घाइते, पसलमा तोडफोडपछि प्रशासनले लगायो कर्फ्यु
जनकपुरधाम : हनुमान जयन्तीको उपलक्ष्यमा विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप हुँदा कफ्र्यु आदेश जारी भएको छ ।
अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो । शनिवार वीरगञ्जमा निकालिएको शोभा यात्रा माथि गरिएको आक्रमणमा परी दजर्न भन्दा बढी सर्वसाधारण र प्रहरी घाइते भएका छन् । घाइतेहरुलाई नारायणी अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । प्रहरीका अनुसार शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप तनावग्रस्त बनेको हो । अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो । झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो । सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिर निकालेर आगजनी भएको प्रहरीले जनाएको छ ।
आक्रोशित भिडले छपकैयामा रहेका दुईवटा विरयानी हाउस, एउटा मासु पसल तोडफोड गरेका छन् । छपकैया चोक नजिकको मस्जिदमा रहेका केही व्यक्तिहरुले शोभा यात्रामा निस्केको समूहलाई लक्षित गरी ढुंगा प्रहार गरेपछि स्थिती अनियन्त्रित हुन पुगेको हो ।
घटनास्थलमा खटिएका प्रहरी उपरिक्षक गौतम मिश्र सहित १४ जना प्रहरी घाइते भएको छ भने अन्य दर्जनौ व्यक्ति घाइते भएको हो । अपराह्न करिब ५ बजेको समयमा वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा मस्जिदबाट एक्कासी ढुंगा प्रहार भएको प्रत्यक्षदर्शीले बताए । त्यस पछि दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाईफायर र ६५ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा ६ थान मोटरसाइकलमा आगजनी समेत भएको थियो ।
अवस्था असामान्य बन्दै गएपछि करिब ६ बजेर १० मिनेटमा प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो । लगत्तै साढे ६ बजेदेखि आइतबार १२ बजेसम्मका लागि कफ्र्यु आदेश जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम मिति २०८१ साल चैत्र ३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१ साल चैत्र ३१ गते दिउँसो १२ः०० बजेसम्म कफ्र्यु लागू गरिएको हो ।
स्थानीय प्रशासनले पूर्व तर्फ वीरगञ्ज महानगरपालिका वडा नंं १५ भेडियाही चोक, पश्चिममा वीरगञ्जको वडा नं .२५ स्थित सिर्सिया नदी, उत्तरमा वीरगञ्ज वडा नंं १४ स्थित गण्डक चोक र दक्षिणमा वडा नं .१६ स्थित शंकराचार्य गेट सम्मको क्षेत्र भित्र आवत जावत र भिडभाड नर्गन सूचना जारी गरेको छ ।
प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्नेगरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ । सडकमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा निकायको टोली खटिएको छ ।