जनकपुरधाम : जगदगुरु रामभद्राचार्यजी महाराजले नेपाल र भारत दूबै देश हिन्दु राष्ट्र हुनेपर्ने बताएका छन् । नेपालमा हिन्दु राष्ट्रसहित राजसंस्था पुनस्र्थापनाकालागि आन्दोलन चलिरहेको समयमा रामभद्राचार्यजी महाराजले नेपाल मात्रै होइन भारत पनि हिन्दु राष्ट्र हुनुपर्ने बताए ।

जानकी नवमीको पूर्वसन्ध्यामा जनकपुरधाम आइपुगेका रामभद्राचार्यजी महाराज जानकी मन्दिरमा पूजा अर्चना पश्चात संचारकर्मीहरुसंग कुराकानी गर्दै भने ‘एउटै हिन्दु राष्ट्र थियो त्यसलाई पनि बर्बाद पारियो, अब समय आईसकेको छ नेपाल मात्रै होइन् भारतपनि हिन्दु राष्ट्र हुनु पर्छ ।’ नेपालमा धर्मान्तरण बढिरहेकोप्रति समेत उनले चिन्ता व्यक्त गरे । यद्यपि राजाको विषयमा उनले केही बोल्न चाहेनन् ।

पछिल्लो समय मिथिला क्षेत्रमा मद्यमांश सेवन गर्नेहरुको संख्या बढिरहेको तर्फ इंगित गर्दै उनले मिथिलावासीलाई मद्यमांशबाट टाढै रह्न अपिल समेत गरे ।

यस अघि जगद्गुरू रामभद्राचार्य जी महाराजले जनकपुरधामस्थित जानकी मन्दिर पुगेर पूजा अर्चना गरेका छन् ।

जानकी नवमीको पूर्व सन्ध्यामा सोमबार जनकपुरधाम आई पुगेका रामभद्राचार्य जी महाराजले जानकी मन्दिरमा पूजा अर्चना गर्नु पूर्व उनलाई भव्य स्वागत गरिएको थियो । यसका साथै मिथिलानी महिलाहरुले उनलाई डहकन गीत गाएर समेत सुनाएका थिए ।

जानकी मन्दिर पुगेका रामभद्राचार्य जी महाराजले पछिल्लो समय धर्म संस्कृतिमाथि बढिरहेको आक्रमणको विरुद्ध एकजुट हुन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको