नेपाली बजारमा सोमबार (माघ २६ गते) सुनको मूल्य बढेको छ ।

यस दिन सुनको मूल्य ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको मूल्यअनुसार सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको छ ।

आइतबार (माघ २५) मा सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदी तोलामा २४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २५० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन भने पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको