आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालको बाह्य अर्थतन्त्र सकारात्मक सुधार भएको छ ।
समीक्षा अवधिमा मुलुकको निर्यात ४३.८ प्रतिशतले बढेर र १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । भने आयात पनि १४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब २ करोड कायम भएको छ।
आयात र निर्यात दुवै बढेका कारण कुल व्यापार घाटामा १०.१ प्रतिशतको वृद्धि भई ७ खर्ब ९७ अर्ब पुगेको प्रतिवेदनले देखाउँछ ।
वस्तुगत आधारमा हेर्दा अलैँची र पाम तेल जस्ता वस्तुको निर्यात बढेको छ । भने रासायनिक मल र सुन-चाँदी जस्ता वस्तुको आयातमा वृद्धि भएको छ।
रेमिट्यान्स ३९.१ प्रतिशतको उच्च वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्यामा १०.३ प्रतिशतको संकुचन आएको छ ।
२०८२ असार मसान्तको तुलनामा पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले बढेर ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ ।
अमेरिकी डलरमा यो सञ्चिति २२ अर्ब ४७ करोड रहेको छ । जसले २१.४ महिनाको वस्तु आयात र १८.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ। यस तथ्याङ्कले मुलुकको बाह्य क्षेत्र मजबुत बन्दै गएको छ।

